वायुसेवा निगमको पुनःसंरचना गरौँः मन्त्री गुरुङ

जेठ १२, २०८२ सोमबार
वायुसेवा निगमको पुनःसंरचना गरौँः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल वायुसेवा निगमको पुनःसंरचना नगरेसम्म मुलुकको पर्यटन क्षेत्रको अपेक्षित विकास हुन नसक्ने बताउनुभएको छ । सोमवार राष्ट्रिय पर्यटन संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले वायुसेवा निगमले लामो लामो समयसम्म पनि फड्को मार्न नसकेको उल्लेख गर्दै यसको पुनःसंरचना आवश्यक रहेको बताउनुभएको हो । उहाँले ध्वजावाहक नेपाल वायुसेवा निगमकै कमजोरीकारण पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआएको टिप्पणी समेत गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images