राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय अभ्यासमा आफूहरु अनुभवी भइसकेको दाबी गरेको छ । सोमवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सांसद मनिष झाले आफूहरु संसदीय अभ्यासमा अनुभवी भइसकेको बताउनुभएको हो । उहाँले गृहमन्त्री रमेश लेखकको नाम भिजिट भिसाको प्रकरणमा संलग्नता रहेको कुरा सञ्चारमाध्यममा आइरहेको भन्दै बैठकमा सो बारेमा छलफल भएको बताउनु भयो ।