अफ्रिकी संघ (एयु) का अधिकारीहरूले सबै अफ्रिकीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा एउटै आवाजमा बोल्न सक्षम एकतावद्ध, बलियो र समृद्ध अफ्रिका निर्माण गर्न प्रतिवद्ध हुन आह्वान गरेका छन् । इतिहासको पुनरावृत्ति, भविष्यलाई आकार दिने भन्ने विषयवस्तु अन्तर्गत इथियोपियाको राजधानी आदिस अबाबामा रहेको एयु मुख्यालयमा अफ्रिका दिवस मनाउने क्रममा यो आह्वान गरिएको थियो ।