मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयता बलियो बनाउन प्रदेशमा प्रहरी तथा कर्मचारी समायोजनको कार्य शिघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ । जनकपुरधाममा आयोजित “संघीयता सुदृढीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम”मा बोल्दै मुख्यमन्त्री सिंहले संघीय संसदको राष्ट्रिय सभामा मधेश प्रदेशबाट निर्वाचित सदस्यहरूद्वारा आयोजना गरिएको कार्यक्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो । मुख्यमन्त्री सिंहले कर्मचारीहरूको आवश्यक सहयोग नपाएकै कारण विकास बजेट इच्छाअनुसार खर्च हुन नसकेको बतउनु भयो ।