उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ । सरकारले जेठ १५ मा बजेट ल्याउनका लागि घनिभुत तयारी गरिरहेकै बेला केहीबेर अघि शितलनिवासमा पुगेर अर्थमन्त्री पौडेलले राष्ट्रपतिलाई भेटेर सरकारले ल्याउन लागेको बजेटबारे जानकारी गराउनुभएको हो । अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन पौडेलकाअनुसार उहाँहरुबीचको भेटवार्ता बजेटबारे केन्द्रित थियो । सरकारले जेठ १५ मा संवैधानि व्यवस्था अनुसार १९ खर्ब हाराहारीको बजेट ल्याउँदैछ । सरकारले आजै आर्थिक सर्वेक्षण समेत सार्वजनिक गर्दैछ ।