प्रतिनिधि सभाको आजको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै होहल्ला गर्दै संसदको नियमित प्रक्रियामा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको हो । विपक्षी दलहरुले भिजिट भिषा प्रकरणको निष्पक्ष छानविनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न गृहमन्त्रीलाई आग्रह गरे ।