पर्वतारोहणको प्रवर्द्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षा सरकारको प्राथमिकतामाः मन्त्री पाण्डे

जेठ १३, २०८२ मंगलबार
पर्वतारोहणको प्रवर्द्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षा सरकारको प्राथमिकतामाः मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले पर्वतारोहणको प्रवद्र्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।  एभरेष्ट समिटियर सम्मेलनको अवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पर्वतीय पर्यटनसँगै स्थानीय समुदायको समृद्धि र जीवनस्तरमा सुधार ल्याउन प्रतिवद्ध रहेको बताउनु भयो । मन्त्री पाण्डेले हिमालयलाई केवल भौगोलिक पर्वत नभई सभ्यता, संस्कृति र सहजीवनको सेतु भएको उल्लेख गर्नुभयो । हिमालहरूको सुरक्षा सबैको साझा जिम्मेवारी भएको बताउनु भयो । हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images