चौथो राष्ट्रिय कुराँश प्रतियोगिता र कोच तथा रेफ्री सेमिनार आगामी मंगलवारदेखि काठमाडौंमा हुने भएको छ । नेपाल कुराँश संघको आयोजनामा काठमाडौंको नयाँबजारमा आगामी जेठ १५ देखि १६ गतेसम्म राष्ट्रिय प्रतियोगिताका साथै कोच तथा रेफ्री सेमिनार हुन लागेको हो । उक्त कार्यक्रम नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आटर््स केन्द्रमा हुने कुराँश संघले जनाएको छ ।