गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन (तस्बिरहरु)

जेठ १३, २०८२ मंगलबार
गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन (तस्बिरहरु)

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रदर्शन भएको छ ।  मंगलवार माईतीघर मण्डलामा बिरोध प्रदर्शन भएको हो । अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग, नेपाल युवा संगठनहरुले अध्यागमन भिजिट भिसामा भएको भ्रष्टाचार, मानव बेचबिखन र देशद्रोहबिरुद्ध भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले गृहमन्त्रीको राजीनामा माग गरेका छन् । उनीहरुले मानव तस्कार सरकार मुर्दावाद, नालायक गृहमन्त्री राजीनामा दे, गृहमन्त्रीको आम्दानी दैनिक ५० लाख, मासिक १५ करोड, वार्षिक २ खर्ब जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images