इरान र संयुक्त राज्य अमेरिकाबीचको अन्तरिम आणविक सम्झौता इरानको कार्यसूचीमा नभएको इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले बतउनुभएको छ । अस्थायी सम्झौता कहिल्यै आफूहरुको कार्यसूचीमा नरहेको र (अप्रत्यक्ष) वार्तामा (यो मुद्दा) नउठाइएको बगाईले बताउनुभ भयो । युरेनियम संवद्र्धन इरानको शान्तिपूर्ण आणविक कार्यक्रमको एक अविभाज्य भाग हो । इरानले यस सम्बन्धमा कुनै लचिलोपन नदेखाउने बताउनु भयो । यदि संयुक्त राज्य अमेरिकासँग सद्भावना छ भने इरान अप्रत्यक्ष वार्ताको बारेमा उत्साहित हुनेछ ।