काबुलमा अफगानिस्तानको औद्योगिक राष्ट्रिय प्रदर्शनी आयोजना

जेठ १४, २०८२ बुधबार
काबुलमा अफगानिस्तानको औद्योगिक राष्ट्रिय प्रदर्शनी आयोजना

अफगानिस्तानको राजधानी काबुलमा रहेको अफगानिस्तान अन्तर्राष्ट्रिय एक्स्पो केन्द्रमा मंगलवार उद्योग सप्ताह शिर्षकको छ दिने औद्योगिक प्रदर्शनीशसुरु भएको छ । उद्योग तथा वाणिज्य मन्त्रालयको विज्ञप्तिअनुसार प्रदर्शनीको उद्देश्य घरेलु लगानीकर्ताहरूलाई सहयोग गर्नु, व्यक्ति र व्यवसायहरू बीचको अन्तरक्रियालाई सहज बनाउनु र स्थानीय उत्पादनहरूको बारेमा जनतालाई शिक्षित गर्नु हो । आफ्नो उद्घाटन भाषणमा आर्थिक मामिलाका कार्यवाहक उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बारादार अखुन्दले औद्योगिक विकास, लगानी आकर्षण, आर्थिक प्रगति र स्थानीय उत्पादनहरूलाई समर्थन गर्ने अफगानिस्तान अन्तरिम सरकारको प्रतिवद्धतामा जोड दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images