लेबनानी प्रधानमन्त्रीको रूपमा नियुक्त भएपछि जनवरीमा राजीनामा दिनुभएका नवाफ सलामको स्थानमा जोर्डनका संयुक्त राष्ट्र संघका राजदुत महमूद हमुद मंगलवार अन्तर्राष्ट्रिय न्याय अदालतको न्यायाधीशमा निर्वाचित हुनुभएको छ । हमुदले फेब्रुअरी ५, २०२७ सम्म रहने आइसीजेमा सलामको बाँकी कार्यकाल सेवा गर्नुहुनेछ । हमुद सेप्टेम्बर २०२१ देखि जोर्डनको संयुक्त राष्ट्र संघका राजदुत हुनुहुन्छ । उहाँ २०१८ देखि २०२१ सम्म सिंगापुरमा जोर्डनका राजदुत हुनुहुन्थ्यो । उहाँ २००७ देखि २०२२ सम्म अन्तर्राष्ट्रिय कानून आयोगको सदस्य हुनुहुन्थ्यो । २०२१ मा आयोगको ७२ औं सत्रमा अध्यक्ष हुनुहुन्थ्यो र २०१२ मा मस्यौदा समितिको अध्यक्ष हुनुहुन्थ्यो ।