बुटलवमा एकै परिवारका तीन जनाको हत्या

जेठ १४, २०८२ बुधबार
बुटलवमा एकै परिवारका तीन जनाको हत्या

रुपन्देहीको बुटवलमा एकै परिवारका तीन जनाको हत्या भएको छ ।  बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा एक आमासहित दुई बच्चाको बिभत्स हत्या भएको हो । बुटवलको होराइजनचोकस्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो । सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्व श्रीमान सूजन कोईरालाले आफ्नै घरमा बोलाएर बुधवार बिहान ४ बजेतिर हत्या गरेको प्रहरीले बताएको छ । हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्षअघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका बताइएको छ । -न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images