उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सकारात्मक र सक्षम युवा नै समाज रुपान्तरणका नायक बन्नसक्ने बताउनुभएको छ । बुधवार ललितपुरमा आयोजित नमूना संयुक्त राष्ट्रसंघीय अभ्यास २०२५ मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान अवस्थामा हिमालको काखमा अवस्थित ुन्दर भूमि आन्तरिक र वाह्य बसाईको अस्वभाविक प्रवृत्तिले रित्तिँदो अवस्थामा रहेको बताउनु भयो । इतिहासमा आज सबैभन्दा धेरै नेपाली भूमिले युवाहरुको साथ खोजिरहेको उल्लेख गर्नुभयो ।