गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुद्वारा संसद अवरोध कायमै

जेठ १४, २०८२ बुधबार
गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुद्वारा संसद अवरोध कायमै

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले बुधवार पनि संसद अवरोध कायमै राखेका छन् ।  भिजिट भिसाको आवरणमा मानव तस्करीसम्बन्धी अनुसन्धान निष्पक्ष रूपमा हुने वातावरण निर्माणका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै उनीहरुले अवरुद्ध कायम राखेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामार्फत मानव तस्करी प्रकरणको अनुसन्धा गरिरहे पनि विपक्षी दलले भने यस प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग अघि सारेका छन्  । सभामुख देवराज घिमिरेले संसद अवरुद्ध नगरी दलगत रुपमा आफ्ना धारणाहरु राख्न आग्रह गर्नुभयो । तर प्रतिपक्षी दलहरुको निरन्तरको अवरोधपछि प्रतिनिधि सभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images