गणतन्त्र दिवसको पूर्वसन्ध्यामा मधेस प्रदेश सरकारको सरसफाई कार्यक्रम

जेठ १४, २०८२ बुधबार
गणतन्त्र दिवसको पूर्वसन्ध्यामा मधेस प्रदेश सरकारको सरसफाई कार्यक्रम

गणतन्त्र दिवस २०८२ को पूर्वसन्ध्यामा मधेस प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानून मन्त्रालयले आफ्नो परिसरमा सरसफाई गरेको छ ।  गणतन्त्र दिवसको सन्देश जनस्तरसम्म प्रभावकारी ढंगले पु¥याउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा प्रदेशका गृहमन्त्री तथा सरकारका प्रवक्ता राजकुमार लेखी स्वयं उपस्थित रहेर नेतृत्व गर्नुभएको हो । कार्यक्रममा मन्त्रालयका गृह सचिव विमलप्रसाद बराल, प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदी, कर्मचारीहरू, नीति आयोगकी सदस्य डा. शिला मिश्रा, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा, साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । गृहमन्त्री लेखीले गणतन्त्र दिवसलाई केवल औपचारिकतामा सिमित नराखी जनस्तरसम्म पु¥याउन यस्ता रचनात्मक कार्यक्रमहरूको आवश्यकता औंल्याउँदै, गणतन्त्रको मूल्य र पत्रकारिताको भूमिकालाई जोडेर जनमाझ सशक्त सन्देश प्रवाह गरिने जानकारी दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images