भिजिट भिसा प्रकरणः राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षीद्वारा गृहमन्त्रीको राजीनामा माग

जेठ १४, २०८२ बुधबार
भिजिट भिसा प्रकरणः राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षीद्वारा गृहमन्त्रीको राजीनामा माग

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।  सभाको बुधवारको बैठकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामीले गृहमन्त्री लेखक अध्यागमन विभागको भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिन माग गर्नुभयो । उहाँले अध्यागमन कार्यालयका प्रमुखले नै गृह मन्त्रालयलाई  लाख रुपैयाँ बुझाउनुपर्ने बयान दिएको उल्लेख गर्दै उहाँले गृहमन्त्री लेखकले मार्ग प्रशस्त गर्न माग गर्नुभयो । उहाँले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीका घटनामा छानबिन गर्न समेत उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images