संविधान कार्यान्वयनका लागि आवश्यक कानूनहरू तत्काल निर्माण गरी कार्यान्वयन गर्न माग

जेठ १४, २०८२ बुधबार
संविधान कार्यान्वयनका लागि आवश्यक कानूनहरू तत्काल निर्माण गरी कार्यान्वयन गर्न माग

नेपाली काँग्रेसकी सांसद रुक्मिणी कोईरालाले संविधान कार्यान्वयन प्रभावकारी बनाउन आवश्यक कानुनहरू तत्काल निर्माण र कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।  बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद कोईरालाले सङ्घ, प्रदेश र स्थानीय तहबिच अधिकारको स्पष्ट विभाजनसहित ऐन कानूनहरू निर्माण गरी तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले सङ्घले प्रदेश सरकार र  प्रदेशले स्थानीय तहमा अधिकार प्रत्यायोजन गर्न जरुरी रहेको समेत बताउनु भयो । ऐन बनाउँदा तीन वटै तहसँग नबाझिने गरी सावधानीपूर्वक निर्माण गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले वित्तीय समानीकरण र राजश्व बाँडफाँडसम्बन्धी स्पष्ट र समान कानून आवश्यक रहेको बताउँदै कोईरालाले मालपोत र नापीसम्बन्धी सेवामा जनआक्रोश बढिरहेको पनि बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images