भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीलाई माओवादीको प्रश्नः खाने आफू दोष चाहीँ कर्मचारीलाई ?

जेठ १४, २०८२ बुधबार
भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीलाई माओवादीको प्रश्नः खाने आफू दोष चाहीँ कर्मचारीलाई ?

नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले गृहमन्त्री रमेश लेखकको सचिवालयको प्रत्यक्ष संलग्नतामा त्रिभूवन विमानस्थलमा भ्रष्टाचार भइरहेको आरोप लगाउनु भएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद सुवेदीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले भूटानी शरणार्थी प्रकरणले देशको शीर निहुँराएको छ महिना नहुँदै भिजिट भिसा सेटिङ प्रकरणले थप शीर निहुराएको टिप्पणी गर्नुभयो । उहाँले राजनीतिक संरक्षण बिना भिजिट भिसाको नाममा मानव तस्करी जस्तो गम्भिर अपराध सम्भव नभएको समेत बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images