आरोपको प्रतिवाद र प्रतिरक्षा गर्ने अधिकार हरेक व्यक्तिको प्राकृतिक अधिकार होः काँग्रेस नेता केसी

जेठ १४, २०८२ बुधबार
आरोपको प्रतिवाद र प्रतिरक्षा गर्ने अधिकार हरेक व्यक्तिको प्राकृतिक अधिकार होः काँग्रेस नेता केसी

नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले आरोप लागेपछि प्रतिवाद र प्रतिरक्षा गर्ने अधिकार हरेक व्यक्तिको प्राकृतिक अधिकार भएको बताउनुभएको छ ।  बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता केसीले कुनै व्यक्तिलाई आरोप लागिसकेपछि आरोपको प्रतिबाद गर्ने अधिकार दिनुपर्ने बताउनुभएको हो । उहाँले नेपाली जनताको सार्वभौमिकताको प्रतिनिधित्व गरेर बस्ने संसदलाई वन्धक बनाएर राख्नु लोकतान्त्रिक पद्धति नभएको र यसले जनताको पनि सम्मान नहुने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images