रोष्ट्रममा सरकारलाई रोक्ने विपक्षी दलको गतिविधि स्वीकार्य हुन्नः प्रमुख सचेतक बर्तौला

जेठ १४, २०८२ बुधबार
रोष्ट्रममा सरकारलाई रोक्ने विपक्षी दलको गतिविधि स्वीकार्य हुन्नः प्रमुख सचेतक बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदको रोष्ट्रममा सरकारलाई रोक्ने विपक्षी दलको गतिविधि स्वीकार्य नहुने बताउनुभएको छ ।  संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले प्रश्न उठीसकेपछि नेपाल सरकारका तर्फबाट गृहमन्त्रीले जवाफ दिन्छु भन्दा रोष्ट्रममा जानबाट रोक्ने कार्य कदापी स्वीकार्य नहुने बताउनुभएको हो । उहाँले गृहमन्त्री बोल्न तयार हुनुभएकाले उहाँले बोलिसकेपछि विपक्षीलाई चित्त नबुझेका कुरा राख्ने छुट रहेको स्पष्ट पार्नुभयो । तर गृहमन्त्रीलाई बोल्नै नदिनु असंसदीय र गैरराजनीतिक भएको उहाँको टिप्पणी थियो । प्रमुख सचेतक बर्तौलाले जनसरोकारका विषयहरु उठिसकेपछि संसदमा जवाफ दिनु स्वाभाविक प्रक्रिया भएको बताउँदै अवरोध वा नाकाबन्दी लगाउने प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षी दलहरुको कार्यशैली दुःखद् भएको स्पष्ट पार्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images