पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायबाट च्युत भएको राज्यले आफ्नो निरन्तरता कबुल गरिरहन नसक्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्याय बलियालाई नभइ असहायलाई चाहिने बताउनु भयो । राज्यले दिन्छु भनेको सुरक्षा, संरक्षण असहायलाई चाहिने बताउनु भयो । राज्यले न्याय दिन सक्दैन भने जनतालाई राज्यको आवश्यकता नपर्ने बताउनु भयो । राज्यको फाउण्डेशनको आधार नै न्याय भएको बताउनु भयो । न्यायको पाना च्यातिन नहुनेतर्फ सचेत गराउनु भयो ।