नागरिक समाज संस्थाहरूले गृह मन्त्रालयले ल्याउन खोजेका सङ्घसंस्था दर्ता तथा परिचालनसम्बन्धी ऐन नागरिक समाज संस्थाहरूको कार्यमुलक वातावरण सङ्कुचन हुने र नियन्त्रणमुखी सोचबाट नल्याउन आग्रह गरेका छन् । संस्थाहरूले बुधवार काठमाडौंमा एक कार्यक्रम गर्दै लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमार्फत जवाफदेही, सुशासन र पारदर्शीताको सुनिश्चितताका लागि सुदृढ नागरिक समाज तथा नागरिक समाज संस्थामैत्री नीति तथा कार्यमूलक वातावरणका लागि साझा आधार पत्र तय गरेका हुन् । उनीहरूले नागरिक समाज संस्थाको नियमन तथा सहजीकरण सम्बन्धी ऐन सामाजिक विकास संवद्ध मन्त्रालय मातहत रहने गरी ल्याउन सरकारसँग माग गरे ।