गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको विवादास्पद अभिव्यक्तिको प्रतिरक्षा गर्नुभएको छ । बुधवार सङ्घीय संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै उहाँले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको प्रतिरक्षा गर्नुभएको हो । उहाँले प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको अवसरमा राजधानीमा सङ्गीतमय बनाऔँ भन्ने अर्थमा अभिव्यक्ति दिएको बताउनु भयो । उहाँले गणतन्त्र दिवसलाई उत्साह र सङ्गीत महोत्सवको रूपमा मनाउने गरी प्रधानमन्त्रीले बताएको बताउनु भयो ।