न्युजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स र परराष्ट्रमन्त्री राणाबीच भेटः कृषि, व्यापार र पर्यटनबारे छलफल

जेठ १४, २०८२ बुधबार
न्युजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स र परराष्ट्रमन्त्री राणाबीच भेटः कृषि, व्यापार र पर्यटनबारे छलफल

पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सबीच भेटवार्ता भएको छ ।  बुधवार साँझ काठमाडौंमा पराष्ट्रमन्त्री राणासहितको नेपाली प्रतिनिधि मण्डल र न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टोन पिटर्ससहतिको प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको हो । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा. राणाले छलफलमा कृषि, व्यापार, लगानी, पर्यटन, शिक्षा र बहुपक्षीय संलग्नता लगायत धेरै क्षेत्रहरूमा छलफल भएको बताउनु भयो । दुई देशबीच घनिष्ठ, सौहाद्र्रपूर्ण र लामो समयदेखिको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउनेबारेमा छलफल केन्द्रित रहेको बताउनु भयो । द्विपक्षीय व्यापार मात्रा बढाउने बाटोहरू खोज्न सहमत भएको बताउँदै थप आर्थिक संलग्नताको आवश्यकता महशुस गरेको उल्लेख गर्नुभयो । छलफलका क्रममा पर्यटन दुवै देशको अर्थतन्त्रको एक महत्वपूर्ण स्तम्भ भएकोले पर्यटन क्षेत्रमा सहयोगको महत्वलाई जोड दिइएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images