संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण सगरमाथा लगायतका हिमश्रृंखलाहरुले ठूलो असर व्यहोरिरहेको बताउनुभएको छ । रोल... बिहीवार काठमाडौंमा सगरमाथा दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनले सगरमाथा लगायतको हिमश्रृंखला अहिले बिस्तारै पग्लिने हो की, सेता हिमालहरु हिउँ विहीन हुने हो की, सेता हिमालहरु काला हुने हुन् की भन्ने खतरा देखिएको बताउनु भयो । उहाँले यसले सगरमाथालाई मात्र नभइ हिमवत खण्ड र यसको असर पहाड हुँदै समुन्द्रसम्म पुग्ने जिकिर गर्नुभयो ।