सिरियाको सबैभन्दा ठूलो निर्माण व्यापार मेला, बिल्डेक्सले दमास्कसमा आफ्नो २२ औं संस्करण शुरु गरेको । जसले क्षेत्रीय देशहरूको नयाँ चासो आकर्षित गरेको छ । आयोजकहरूले सिरियाली अन्तरिम सरकारको अर्थतन्त्र, उद्योग र सार्वजनिक निर्माण र आवास विभागहरूको प्रायोजनमा दमास्कस अन्तर्राष्ट्रिय मेला मैदानमा पाँच दिने प्रदर्शनीमा ७ सय ४० भन्दा बढी स्थानीय र विदेशी कम्पनीहरू भाग लिइरहेका बताएका छन् ।