इजरायली युद्धक विमानहरूले बुधवार यमनको सानाको मुख्य विमानस्थल र हुथी सेनासँग सम्बन्धित धेरै विमानहरूलाई प्रहार गरेको इजरायली सेनाले जनाएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले छुट्टै विज्ञप्तिमा आक्रमणले हुथी सेनाले प्रयोग गरेको अन्तिम विमानलाई ध्वस्त पारेको बताउनुभएको छ । यो आक्रमण इजरायलले अपरेशन गोल्डेन ज्वेल भनिने अभियानको एक हिस्सा थियो ।