पाकिस्तानमा भारी वर्षाका कारण ९ जनाको मृत्यु

जेठ १५, २०८२ बिहीबार
पाकिस्तानमा भारी वर्षाका कारण ९ जनाको मृत्यु

भारी वर्षा र भीषण आँधीबेहरीले पाकिस्तानका केही भागमा विनाश निम्त्याएको छ । जसमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का एक अधिकारीले बताएअनुसार वर्षाले देशभर घर, पूर्वाधार र खडा बालीनालीमा क्षति पु¥याएको छ भने पशुधन पनि मारेको छ । देशको पूर्वी पञ्जाव प्रान्त, उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) र पाकिस्तान नियन्त्रित कश्मीरबाट हताहत र क्षतिको रिपोर्ट आएको छ । वर्षासँग सम्बन्धित घटनाहरूमा महिला र बालबालिका पनि पीडित छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images