व्यवस्था विरोधी जनआन्दोलनलाई समर्थन गर्न राप्रपाको आह्वान

जेठ १५, २०८२ बिहीबार
व्यवस्था विरोधी जनआन्दोलनलाई समर्थन गर्न राप्रपाको आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बिहीवारदेखि शुरु हुन लागेको व्यवस्थाविरुद्धको जनआन्दोलनमा सहभागी हुन आह्वान गर्नुभएको छ ।  बिहीवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले यस्तो आह्वान गर्नुभएको हो । उहाँले व्यवस्था विरुद्धको आन्दोलन राप्रपाको मात्र नभई देशवासीको भएको उल्लेख गर्दै सहयोग र समर्थन गर्न गर्न आह्वान गर्नुभयो । उहाँले जनताको वर्तमान अवस्थामा परिवर्तन गर्न लागि व्यवस्था परिवर्तन अनिवार्य रहेको जिकिर गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images