पूर्वराजा शाहलाई माधव नेपालको चुनौतिः मुलुक सञ्चालन गर्ने भए जनताको मन जितेर आउनुस्

जेठ १५, २०८२ बिहीबार
पूर्वराजा शाहलाई माधव नेपालको चुनौतिः मुलुक सञ्चालन गर्ने भए जनताको मन जितेर आउनुस्

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै मुलुक सञ्चलन गर्ने चाहना भए जनताको मन जित्न आग्रह गर्नुभएको छ ।  गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले गणतन्त्रको विकल्प भनेको समुन्नत गणतन्त्र रहेको भन्दै गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जिकिर गर्नुभयो । अहिले राजतन्त्तको बारेमा कुरा उठिरहेको भन्दै वंशको शासन आफूहरुलाई नचाहिएको बताउनु भयो । उहाँले मुलुक चलाउने भए चुनावको मैदानमा आएर प्रतिष्पर्धाबाट प्रधानमन्त्री बन्न चुनौति दिनुभयो । मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेलेर सम्भव नरहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images