समाजवादी मोर्चा गतिशिल हुन सकेन, अरु पार्टीसँग तत्काल एकता सम्भव छैनः माधव नेपाल

जेठ १५, २०८२ बिहीबार
समाजवादी मोर्चा गतिशिल हुन सकेन, अरु पार्टीसँग तत्काल एकता सम्भव छैनः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्य राजनीतिक दलहरुसँग तत्काल एकतावद्ध हुन नसकिने बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहँँले तत्काल अन्य राजनीतिक दलहरुसँग एकतावद्ध भएर जाने सम्भावना नरहेको भन्दै सहकार्य गर्ने कुरामा विचार मिल्नेहरुसँग सहकार्य गर्न तयार रहेको बताउनु भयो । उहाँले अझै पनि कतिपयसँग मोर्चा बनाएर सँगै अघि बढ्न आफूहरु तयार रहेको बताउनु भयो । अध्यक्ष नेपालले समाजवादी मोर्चा गतिशिल हुन नसकेको भन्दै आफूहरुले पनि सक्रियता देखाउनुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images