नेपालमा सञ्चालित सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा चलेका छन् भने १५ वटा अझै घाटामा रहेको सरकारी तथ्य सार्वजनिक भएको छ । आज संसदमा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ प्रश्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चालनमा रहेका २८ ओटा नाफा संस्थान नाफामा छन् भने १५ वटा घाटामा रहेको बताउनु भयो । संस्थानसम्बन्धि प्रतिवेदनअनुसार २ ओटा बन्द अवस्थामा रहेका छन् ।