दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन २२ जिल्लामा चैते धान खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन

जेठ १५, २०८२ बिहीबार
दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन २२ जिल्लामा चैते धान खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन

दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्रि मधेसका २२ जिल्लामा चैते धान खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने भएको छ ।  आर्थिक वर्ष २०८२÷०८३ को बजेट भाषणका क्रममा उहाँले यस्तो बताउनुभएको हो । यसबाट थप १२ लाख धान उत्पादन हुने सरकारको अपेक्षा छ । चैते धान खेतीका लागि सिंचाई पूर्वाधार निर्माण गर्न ३३ करोड विनियोजन भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मध्य तथा उच्च पहाडी जिल्लाका ८० वटा स्थानीय तहमा उच्च मूल्यका बाली वस्तुको खेती प्रवद्र्धन गर्ने सरकरको योजना छ । यसका लागि ८३ करोड रुपैयाँ विनियोजन भएको छ । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images