शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बिनियोजन गरिएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि विनियोजित बजेट प्रश्तुत गर्दै यस्तो जानकारी गराउनुभएको हो । उहाँले आफ्नो भविष्य आफैं निर्माण गर्नसक्ने क्षमतावान, उद्यमशील र उत्पादक मानव पूँजीको विकास, शिक्षा प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाइने, प्रत्येक जिल्लामा कम्तिमा एक विद्यालय पर्नेगरि एक सय विद्यालयमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।