सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ७२ करोड रुपैयाँ विनियोजन

जेठ १५, २०८२ बिहीबार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ७२ करोड रुपैयाँ विनियोजन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।  आर्थिक वर्ष २०८२÷०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार साइबर सुरक्षा जोखिम न्युनिकरण गर्न आवश्यक पूर्वाधार र जनशक्ति तयार गरिनेछ । साइबर सुरक्षा जोखिम आँकलन गरी त्रैमासिक रुपमा सुरक्षा एड्भाइजरी जारी गर्ने बताउनु भयो । सुरक्षण मुद्रण केन्द्रको पूर्वाधार निर्माण सम्पन्न गरी मुद्रण कार्य प्रारम्भ गर्ने बताउनु भयो । हुलाक कार्यालयहरुलाई क्रमशः स्मार्ट हुलाकमा विकास गर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images