सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराउने दिवा खाजा कार्यक्रमको रकम वृद्धि गरेको छ । आर्थिक वर्ष २०८२÷०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार त्यसका लागि १० अर्ब १९ करोड विनियोजन गरेको बताउनु भयो । यसबाट २८ लाख विद्यार्थी लाभान्वित हुने अपेक्षा गर्नुभयो । विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिइ १ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको बताउनु भयो । यसबाट १३ लाख छात्रा लाभान्वित हुने बताउनु भयो । —न्युज एजेन्सी नेपाल