उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयको लागि ८६ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०८२÷०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार नदी नियन्त्रणतर्फ ६३ किलोमिटर तटवन्ध निर्माण र २ सय ७० हेक्टर जग्गा नदी उकास गरिनेछ । २०८२÷०८३ मा सम्पन्न हुने जलविद्युत आयोजनाबाट थप ९ सय ४२ मेगावाट विद्युत उत्पादन भइ कुल जडित क्षमता ४ हजार ८ सय मेगावाट पु¥याइनेछ । ७ सय ३२ किलामिटर डबल सर्किट राष्ट्रिय प्रशारण लाइन निर्माण हुने बताउनु भयो । आगामी आर्थिक वर्षमा थप १४ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने बताउनु भयो ।