सामाजिक सुरक्षा कार्यक्रम एकीकृत गरिने, वृद्ध भत्ताको उमेर ७० वर्ष कायम

जेठ १५, २०८२ बिहीबार
सामाजिक सुरक्षा कार्यक्रम एकीकृत गरिने, वृद्ध भत्ताको उमेर ७० वर्ष कायम

सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि एक खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।  आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिनुभएको हो । उहाँले छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने र सामाजिक सुरक्षामा आवद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने घोषणा गर्नुभयो । जेष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचय पत्र प्रदान गर्ने बताउँदै बृद्ध भत्ताको उमेर ७० वर्ष कायम गरिएको अर्थमन्त्री पौडेलले बताउनु भयो । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images