सरकारले राष्ट्रिय आर्थिक गणना गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार राष्ट्रिय आर्थिक गणना, २०८२ सम्पन्न गरिनेछ । राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तन गर्ने र सङ्घ, प्रदेश र स्थानीय तहको तथ्याङ्कीय प्रोफाइल तयार गर्ने बताउनु भयो । विग डाटा प्रशोधन क्षमता विकास गरिनेछ।