आगामी आर्थिक वर्षभित्र नियो बैंक स्थापना गर्ने

जेठ १५, २०८२ बिहीबार
आगामी आर्थिक वर्षभित्र नियो बैंक स्थापना गर्ने

सरकारले आगामी आर्थिक वर्षभित्र नियो बैंक स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसबारेमा जानकारी गराउनुभएको हो । उहाँकाअनुसार आर्थिक वर्ष २०८२÷८३ भित्र नियो बैंक स्थापना गरिनेछ । दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार गरी ग्रामीण अर्थतन्त्रको विकास गर्ने बताउनु भयो । डिजिटल, मोवाइल तथा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरिने जानकारी दिनुभयो । प्राकृतिक प्रकोप, विपद् र दूर्घटनाबाट हुने क्षतिबाट सुरक्षा गर्न सम्पती बीमाको दायरा विस्तार गरिने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images