युवा तथा खेलकुद मन्त्रालयको बजेट ६ अर्ब ८ करोड

जेठ १५, २०८२ बिहीबार
युवा तथा खेलकुद मन्त्रालयको बजेट ६ अर्ब ८ करोड

सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेट प्रश्तुत गर्दै खेलकुदतर्फको बजेटमा दोब्बरले वृद्धि गर्नुभएको हो । गत आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयले ३ अर्ब ५० करोड बजेट प्राप्त गरेको थियो । अर्थमन्त्री पौडेलले बजेटमा काठमाडौंको मुलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोईराला रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगथशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला निर्माणका लागि ४२ करोड बिनियोजन गर्नुभएको छ भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड विनियोजन गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images