सरकारले अगामी आथिक वर्षको बजेट प्रतिनिधि सभा र राष्ट्रिय सभामा टेबुल गरेको छ । संघीय संसदको बिहीवारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अगामी आर्थिक वर्षको बजेट टेबुल गर्नुभएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि उक्त आकारको बजेट प्रश्तुत गर्नुभएको हो । —न्युज एजेन्सी नेपाल