राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेट उत्ताउलो र गैरजिम्मेवार नभएको प्रतिक्रिया दिनुभएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीवार संसद्मा पेस भएको आर्थिक वर्ष २०८२÷८३ को बजेटबारे प्रतिक्रिया दिँदै उपसभापति वाग्लेले यस्तो बताउनुभएको हो । उहाँले नेपालको अर्थतन्त्रको आकार ६१ खर्बको अनुमान गरिएको उल्लेख गर्दै पाँच प्रतिशत आर्थिक वृद्धि र साढे पाँच प्रतिशत मुद्रास्फीतिलाई जोड्दा ६७ खर्बसम्म अर्थतन्त्र विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।