नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बजेटमा रकम बिनाका शिर्षक राखिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । रोल... बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहँँले बजेटमा केही पपुलिस्ट कुराहरु पनि आएको बताउनु भयो । उहाँले धेरै कुराहरु अव्यवहारिक रहेको गुनासो गर्नुभयो । प्राथमिकता दिन खोजेका कुराहरु राम्रोसँग प्राथमिकता नदिएको बताउनु भयो । रोजागारी सिर्जना गर्ने कुरामा ध्यान नदिइएको आरोप लगाउनु भयो ।