बजेटबारे निजी क्षेत्रः अधिकांश सुझाव समेटिएका छन्, समग्रमा बजेट राम्रो छ

जेठ १५, २०८२ बिहीबार
बजेटबारे निजी क्षेत्रः अधिकांश सुझाव समेटिएका छन्, समग्रमा बजेट राम्रो छ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिएका सुझाव अधिकांश समेटिएको बताउनुभएको छ ।  अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा पेश गर्नुभएको आर्थिक वर्ष २०८२÷८३ बजेटबारे प्रतिक्रिया दिँदै अध्यक्ष ढकालले बजेटले निजी क्षेत्रको धेरै कुरा समेटेको बताउनुभएको हो । उहाँले अब आर्थिक ऐन आइसकेपछि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने महशुस गरेको स्पष्ट पार्नुभयो । साथै बजेटले वैदेशिक लगानी प्रवद्र्धनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको भन्दै यसले आयात निर्यातमा निजी क्षेत्रको संलग्नता बढ्ने विश्वास लिएको अध्यक्ष ढकालले बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images