नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेट सन्तुलित र यथार्थमा आधारित रहेको प्रतिक्रिया दिनुभएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीवार संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०८२÷८३ को बजेटबारे प्रतिक्रिया दिँदै प्रमुख सचेतक बर्तौलाले बजेटले मुलुकको वर्तमान आर्थिक अवस्थालाई सम्बोधन गर्ने प्रयास गरेको बताउनुभएको हो । उहाँले बजेटले उत्पादनलाई प्रोत्साहन र नयाँ पुस्तालाई नवप्रवर्तनतर्फ आकर्षित गर्न खोजेको पनि बताउनु भयो । उहाँले सरकारले वितरणमुखी बजेटको परम्पराबाट बहिर्गमन गर्दै लगानीको प्रतिफल सुनिश्चित हुने योजनामा केन्द्रित गरी बजेट ल्याएको बर्तौलाको जिकिर छ ।