पाँच दलद्वारा संघीय गणतान्त्रिक गठबन्धनको घोषणा

जेठ १५, २०८२ बिहीबार
पाँच दलद्वारा संघीय गणतान्त्रिक गठबन्धनको घोषणा

साना पाँच राजनीतिक दलले ‘संघीय गणतान्त्रिक गठबन्धन’ बनाएका छन् ।  बिहीवार जनकपुरधाममा समारोहको आयोजना गरी गठबन्धन घोषणा गरेका हुन् । गठबन्धनमा रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी, बद्री ठाकुर नेतृत्वको इतिहासिक जनता पार्टी, हरिनन्दनकुमार रञ्जन नेतृत्वको बहुजन एकता पार्टी र धुपलालप्रसाद सहनी (निषाद) नेतृत्वको नेपाल जनजागृति पार्टी छन् । घोषणा समारोहमा पूर्वगृहराज्यमन्त्रीसमेत रहेका नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीले मुलुकमा फेरि पनि एकल शासकको अभिलाषा राख्नेहरू सल्बलाएको भन्दै उनीहरूका इच्छा कुनै हालतमा पूरा नहुने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images