सदस्य राष्ट्रहरू बीच क्षेत्रीय सहयोग र ऐक्यबद्धता बढाउने कुरामा केन्द्रित १८ औं बाल्कन देशका प्रमुख जनरल स्टाफ सम्मेलन इस्तानबुलमा शुरु भएको छ । टर्की रक्षा मन्त्रालयका अनुसार टर्की, अल्बानिया, बोस्निया र हर्जगोभिना, बुल्गेरिया, उत्तरी म्यासेडोनिया, रोमानिया, सर्बिया, मोन्टेनेग्रो र ग्रीसका शीर्ष सैन्य अधिकारीहरूले सम्मेलनमा भाग लिएका थिए । स्लोभेनिया र क्रोएसिया पर्यवेक्षकको हैसियतमा उपस्थित थिए भने नाटोका अधिकारीहरूले अतिथिको रूपमा भाग लिएका थिए ।