आगामी आर्थिक वर्ष बजेट–२०८२/८३ का लागि सरकारले ल्याएको बजेटमा करमा हेरफेर गरिएको छ । सरकारले बजेटमार्फत गरेका कतिपय दरहरु लागू भइसकेका छन् भने कतिपय साउन १ गतेबाट कार्यान्वयनमा जानेछन् । सुनदेखि चुरोट, सिमेन्ट, डण्डी सम्मै करका दरमा हेरफेर गरेको छ । अब सुन र सुनका गरगहनाको विक्री मूल्यमा २ प्रतिशत विलासिता शुल्क लाग्नेछ । यसअघि १० लाखभन्दा बढी मूल्यका सुनका गरगहना वा हिरा, मोती पत्थर जडित सुनको गहनामा मात्रै विलासिता शुल्क लाग्ने गरेको थियो । आर्थिक विधेयक २०८२ काअनुसार ‘सुन तथा सुनका गरगहनाको विक्री मूल्यमा’ २ प्रतिशत विलासिता शुल्क लगाई असुल गरिनेछ । यो शुल्क आगामी साउनदेखि लागू हुनेछ ।